images
images
  • त्रिभुवन विमानस्थलबाट यात्रा गर्ने यात्रुको संख्या झण्डै एक करोड पुग्यो, आन्तरिकमै पुगे ४४ लाख

    काठमाडौं – सन २०२४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्ने यात्रुको संख्या झण्डै एक करोड नजिक पुगेको छ । त्रिभुवन कार्यालयका अनुसार सन २०२४ मा विमानस्थलबाट ९४ लाख ३४ हजार यात्रुले यात्रा गरेका छन् ।

    विमानस्थल कार्यालयका अनुसार आन्तरिक उडान गर्ने यात्रुको सख्ंया मात्रै ४४ लाख ७० हजार रहेको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं बाहिर जाने र भित्रने यात्रुको संख्या ४४ लाख भन्दा बढी पुगेको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान अवतरण गर्ने अन्तर्राष्ट्रिय यात्रुको संख्या सन् २०२४ मा ४९ लाख ६३ हजार पुगेको छ ।

    त्रिभुवन विमानस्थल कार्यालयका अनुसार सन् २०२३ को तुलनामा यात्रु आवागमनको संख्या ७ लाख ४२ हजारले बढेको छ । अघिल्लो वर्ष सन् २०२३ मा त्रिभुवन विमास्थल प्रयोग गर्ने यात्रुको संख्या ८६ लाख ४२ हजार थियो ।

    नेपालमा अरु थप दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवामा सञ्चालनमा आएपनि त्रिभुवन विमानस्थलको चाप भने घट्न सकेको छैन । पोखरा विमानस्थलबाट आन्तरिक मात्रै उडान भइरहेका छन् भने भैरहवामा ‘फोर्सफुल्ली’ केही उडान भइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images