images
images
  • पोर्चुगलको खराब प्रदर्शन, दुई आत्मघातीले नजिता जर्मनीको पोल्टामा

    काठमाडौं । साविक विजेता पोर्चुगलले युरोकप फुटबल समूह चरणको दोस्रो खेलमा खराब प्रदर्शन गरेको छ । खराब प्रदर्शनले पोर्चुगल जर्मनीसँग हारेको छ ।

    म्युनिखको एलिनाज स्टेडियममा शनिबार राति भएको खेलमा जर्मनीले पोर्चुगललाई ४–२ गोल अन्तरले हराएको हो । जर्मनीले दुई आत्मघाती गोल उपहारमा पायो । पोर्चुगलका रक्षकद्वय रुवेन डियास र राफेल गुइरेरोले आत्मघाती गोल गरे ।

    यति ठूलो टोलीबाट एकै खेलमा दुई आत्मघाती गोल दर्लभ मानिएको छ । जर्मनीलाई जिताउन काइ हाभर्टेज र रोबिन गोसेन्सले एक–एक गोल गरे । पोर्चुगलका लागि कप्तान क्रिश्चियानो रोनाल्डोले सुरुवाती गोल गरेका थिए । डिएगो जोटाले एक गोल फर्काए ।

    शुरूआतदेखि नै खेल रोमान्चक बन्यो । पाँचौँ मिनेटमा जर्मनीका रोबिनले गोल गरे । तर, भीएआरमा सर्जी जिनाब्री अफसाइड देखिएपछि उनको गोलले मान्यता पाएन ।

    १५ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । उनले डिएगो जोटाको पासमा गोल गरे । ३५ औँ मिनेटमा पोर्चुगलका डियासले आत्मघाती गोल गरे । खेल १–१ को बराबरीमा पुग्यो ।

    ३९औँँ मिनेटमा राफेलले आत्मघाती गोल गरेपछि जर्मनी २–१ ले अग्रता लिन सफल भयो । ५१औँँ मिनेटमा गोसेन्सको पासमा हाभर्टेजले गोल गर्दै जर्मनीलाई ३–१ को अग्रता दिलाए ।

    ६०औँ मिनेटमा गोसेन्सले गोल गर्दै जर्मनीलाई ४–१ को अग्रता दिलाए । ६७औँ मिनेटमा पोर्चुगलका जोटाले एक गोल फर्काए ।

    जर्मनीका काइ हार्भाटेज र म्याथ्यिस जिन्टरले पहेँलो कार्ड खाए । जर्मनीले खेलमा ५६ बल आफ्नो नियन्त्रणमा राख्यो । पोर्चुगलले गोलका लागि २ बल टार्गेट गरेकामा दुबै गोल भयो । जर्मनीले ७ बल टार्गेट गरेको थियो ।

    जसमा दुई गोल आफैबाट दुई गोल पोर्चुगलका रक्षकले बचाउन खोज्दा खोज्दै आत्मघाती भयो । पोर्चुगलले ६ फाउल खेल्दा जर्मनीले १५ फाउल खेलेको थियो ।

    ग्रुप अफ डेथ समूह एफमा दोस्रो चरणको समाप्तिपछि फ्रान्स ४ अंकसहित पहिलो, जर्मनी ३ अंकबाट दोस्रो, पोर्चुगल ३ अंकसहित तेस्रो तथा हंगेरी १ अंकबाट चौथो स्थानमा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images