images
images
  • बझाङमा उपचार नपाएर सुत्केरीको मृत्यु, शिशुको पनि गयो ज्यान

    काठमाडौं : बझाङमा सुत्केरी महिला र शिशुको बीच बाटोमै मृत्यु भएको छ।

    अत्यधिक रक्तस्रावका कारण केदारस्युँ गाउँपालिका–१ डुडिलकी २१ वर्षीया सविता बोहरा र नवजात शिशुको सोमबार अस्पताल लैजाने क्रममा मृत्यु भएको वडाध्यक्ष वीरबहादुर भण्डारीले जानकारी दिए।

    गर्भावस्थामा रहेकी सवितालाई तत्काल अस्पताल पुर्‍याउनुपर्ने अवस्था भए पनि समयमै स्वास्थ्य सेवा उपलब्ध हुन नसक्दा बाटोमै बच्चा जन्मिएको थियो।

    बच्चा जन्मिएको केही समयमै आमा र शिशु दुवैको मृत्यु भएको वडाध्यक्ष भण्डारीको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images