काठमाडौँ : नेपाल राष्ट्रिय तथा अन्ताराष्ट्रिय खेलाडी संघ अवार्डमा सर्वोत्कृष्ट खेलाडी पुरुषतर्फ विजय सिंजाली र सर्वोत्कृष्ट खेलाडी महिला एरिका गुरुङ भएका छन्। उनीहरूलाई जनही १ लाख रुपैयाँ सहित सम्मान गरिएको हो।
त्यस्तै अश्विन रावत प्रतिभाशाली खेलाडी (पुरुष) र प्रतिभाशाली खेलाडी (महिला) मनमती विष्टलाई प्रदान गरिएको छ। उनीहरूलाई जनही ५० हजार रुपैयाँ सहित सम्मान गरिएको हो।
पारा एथ्लेटिक्सतर्फ पलेशा गोवर्धन र गजराज आदर्श व्यक्तित्व अवार्ड रघुराज वन्तलाई प्रदान गरिएको छ। यसका साथै १९ औं एशियन गेम्समा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि सम्मान गरिएको छ। मनमैजुमा आयोजना गरिएको एक कार्यक्रमका बीच २९ खेलाडीलाई जनही १० हजार रुपैयाँ र ट्रफी सहित सम्मान गरिएको हो।
सम्मानित हुने खेलाडीहरू यस प्रकार छन्
आर्चरी- योगेन्द्र शेरचन‚ एथ्लेटिक्स – सन्तोषी श्रेष्ठ‚ ब्याडमिन्टन- प्रिन्स दाहाल‚ बास्केटबल- विजय पुजारा‚ बक्सिङ- चन्द्रबहादुर थापा‚ क्यानोइङ- गणेश गुरुङ‚ क्रिकेट- कुशल मल्ल‚ साइक्लिङ – उषा खनाल‚ डान्स स्पोर्टस्- श्याम महर्जन‚ इ-स्पोर्ट्स- साहस भण्डारी‚ फेन्सिङ- राजेन्द्र गजुरेल‚ फूटबल-प्रीति राई‚ गल्फ-सद्भाव आचार्य‚ ह्याण्ड बल – संगीता चौधरी‚ जूडो- विकास विक‚ कबड्डी – मनमती विष्ट‚ कराते – एरिका गुरुङ‚ रग्वी-पुजन फेवाली‚ सूटिङ – विपेश खड्का‚ स्क्वाश- स्वस्थानी श्रेष्ठ‚ पौडी- अलेक्जेण्डर जी शाह‚ टेबल टेनिस- इभाना थापा‚ तेक्वान्दो- अस्मिन राउत‚ टेनिस – निशान श्रेष्ठ‚ ट्रायल्थन – शेर्पी महर्जन‚ भलिबल- निरुता ठगुन्ना‚ भारोत्तोलक – विद्या राई‚ रेस्लिङ- सुरेश चुनारा‚ वुसु- विजय सिंजाली।


विश्व खबर 


















