images
images
  • इन्टर मिलान इटालियन सुपरकपको फाइनलमा

    काठमाडौं । डेनजेल डुमफ्रेसले गरेको दुई गोलको मद्दतले इन्टर मिलानले एटलान्टालाई २–० ले पराजित गर्दै इटालियन सुपरकपको फाइनलमा पुगेको छ।

    नेदरल्यान्ड्सका अन्तर्राष्ट्रिय खेलाडीले ४९ औं मिनेटमा पहिलो गोल गरेपछि ६१ औं मिनेटमा दोस्रो गोल थपे। सिरी ‘ए’ डिफेन्डिङ च्याम्पियन इन्टरको यो जित अहिले लिगको शीर्ष स्थानमा रहेको एटलान्टामाथि सहज रह्यो।

    इटालियन सुपरकप साउदी अरेबियाको रियादमा चलिरहेको छ र यो चार टिमको प्रतियोगिता रहेको छ। अर्को खेलमा युभेन्ट्स र एसी मिलान भिड्ने छन् र यसको विजेताले इन्टरको सामना गर्नेछ।

    साउदी अरेबियाले इटालीको यो घरेलु प्रतियोगिताको आयोजना गरेको यो लगातार तेस्रो पल्ट हो। युभेन्ट्स गत वर्षको प्रतियोगिताको विजेता हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images