images
images
  • नेपाल टेलिकमले गर्‍यो एक्सेस कोड १४२४ को प्रयोग गरेर भारतमा हुने कल महसुलमा परिमार्जन

    काठमाडौँ – नेपाल टेलिकमले एक्सेस कोड १४२४ को प्रयोग गरेर भारतमा सस्तो दरमा गरिने कलको महसुल दर परिमार्जन गरेको छ ।

    भारतमा सस्तो दरमा कल गर्न सकिने विभिन्न विकल्पमध्ये एक्सेस कोड १४२४ को प्रयोग गरेर हुने कलको नयाँ महसुल दर निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

    ९ पुसको राति १२ बजेदेखि लागु हुनेगरी कर बाहेक प्रति मिनेट ३ रुपैयाँ ७६ पैसा महसुल तोकिएको कम्पनीले जनाएको छ ।

    यसका साथै एक्सेस कोड १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने कलको पल्स दर ६० सेकेन्ड निर्धारण गरिएको कम्पनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images