images
images
  • कर्मचारीले तलब बढाउन माग गरेपछि अस्पतालले नाम परिवर्तन गरी माग्यो ‍नयाँ कर्मचारी

    नेपालगञ्ज- यहाँस्थित लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडद्वारा सञ्चालित नेपालगञ्ज मेडिकल कलेजकाे नाम परिवर्तन गरिएकाे छ।

    अस्पतालमा तलबलगायत सुविधा बृद्धिको माग राखेर कर्मचारी आन्दाेलनमा भइरहेकाे बेलामा अस्पतालकाे नाम परिवर्तन गरेर ठूलाे संख्यामा कर्मचारी माग गरिएकाे छ।

    सन्जीवनी कलेज अफ मेडिकल साइन्स नामाकरण गरेर व्यवस्थापनले ८ सय नयाँ कर्मचारी माग गरेकाे हाे। आन्दाेलनकाे २० औं दिन अस्पतालकाे नाम नै परिवर्तनकाे बाेर्ड राखिएपछि कर्मचारी उत्तेजित भएका छन्। आन्दाेलन परिचालन कमिटिका संयाेजक सुमन गिरी श्रेष्ठले कर्मचारीकाे मागलाई सम्बाेधन गर्नुकाे सट्टा अस्पताल व्यवस्थापनले नाम परिवर्तन गरेर नयाँ कर्मचारी माग गरी आन्दाेलनरत कर्मचारीलाई त्रसित बनाउने प्रयास गरेकाे बताइन्।

    मेडिकल कलेजमा तीन हप्तादेखि आन्दाेलन चलिरहेकाे छ। व्यवस्थापन र आन्दाेलनरत कर्मचारीका बीचमा निरन्तर वार्ता हुन सकेकाे छैन। अस्पतालकाे नाम परिवर्तन र नयाँ कर्मचारी मागले शान्तिपूर्ण आन्दाेलन भड्किने आन्दाेलनकारीकाे चेतावनी रहेकाे छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images