images
images
  • इंग्लिस प्रिमियर लिग: इपस्विच टाउनसँग पराजित भएपछि चेल्सीलाई गम्भीर धक्का

    काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा इपस्विच टाउनसँग पराजित भएपछि चेल्सीलाई गम्भीर धक्का लागेको छ।

    लियाम डेलापको उत्कृष्ट प्रर्दशनपछि इपस्विचले घरेलु मैदानमा सिजनको पहिलो जित दर्ता गरेको हो।

    गएराति भएको खेलमा २–० ले पराजित भएपछि शीर्ष स्थानको दौडमा रहेको चेल्सीलाई गम्भीर धक्का पुगेको हो।

    खेलको १२ औँ मिनेटमा लियाम डेलापको पेनाल्टी गोलमा इप्सविचले सुरुवाती अग्रता बनाएको थियो।

    खेलको ५३ औँ मिनेटमा डेलापको पासमा चेल्सीका पुर्व विगंर ओमारी हुट्चिन्सले इप्सविचको अग्रता दोब्बर पारे।

    हारसँगै चेल्सी ३५ अंकमा अंकतालिकाको चौथो स्थानमा छ। १९ खेलबाट १० खेलमा जित, ५ मा बराबरी र ४ खेलमा हार भोगेको चेल्सीको ३५ अंक छ।

    १८ खेल खेलेको लिभरपुल ४५ अंकमा शीर्ष स्थानमा छ। १९ खेलबाट ३७ अंक जोडेको नटिङ्घम फरेष्ट दोस्रो र १८ खेलबाट ३६ अंक जोडेको आर्सनल तेस्रो स्थानाम छ।

    गएराति नै भएको खेलमा एष्टोन भिल्ला र ब्राइटन एण्ड होभ एल्वियनले २–२ को बराबरी गर्दै अंक बाँडे।

    प्रतिक्रिया दिनुहोस्
    images
    images