images
images
  • ग्लोबल आईएमई बैंकको १८ औं वार्षिकोत्सव : सातै प्रदेशमा प्रभातफेरि आयोजना

    काठमाडौं – ग्लोबल आईएमई बैंक लिमिटेडले वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेको छ ।

    संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातै प्रदेशका मुख्य-मुख्य सहरमा प्रभातफेरि कार्यक्रम आयोजना गरेको जनाएको छ ।

    वित्तीय साक्षरता तथा बैंकिङ सचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभावफेरि कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।

    काठमाडौंमा आयोजित प्रभात फेरिमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंक सञ्चालक समिति सदस्य, कर्मचारी लगायत सहभागी थिए ।

    १८ पुसमा ग्लोबल आईएमई बैंक १८ वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गर्दैछ । वार्षिकोत्सवको अवसर पारेर बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images