images
images
  • ओली सरकारले फेर्याे रविको मुद्दा अभियोजन हुने जिल्लाका न्यायाधीश

    काठमाडौं । न्याय परिषद्को बैठकले विशेष, उच्च र जिल्लाका २५ न्यायाधीशको सरूवा सिफारिस गरेको छ । यसरी न्यायाधीश सरुवा गरिएकामा रवि लामिछानेको मुद्दा अभियोजन हुने जिल्ला पनि छन् ।

    प्रधानन्यायाधीश तथा न्याय परिषद्का अध्यक्ष प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको बैठकले विशेषका एक सदस्य तथा उच्च र जिल्ला अदालतका गरी २५ न्यायाधीशको सरूवा सिफारिस गरेको न्याय परिषद्का अशोककुमार क्षेत्रीले जानकारी दिए ।

    बैठकले विशेष अदालतका एक, उच्च अदालतका आठ र जिल्ला अदालतका १६ न्यायाधीशको सरूवा सिफारिस गर्ने निर्णय गरेको हो । रविको मुद्दा अभियोजन हुने पर्सा जिल्लामा दुई न्यायाधीश सिफारिस गरिएको छ । जिल्ला अदालत काठमाडौंमा कार्यरत उत्तम सिलुवाल र सिराहा जिल्ला अदालतमा कार्यरत न्यायाधीश उपेन्द्रकेशर खनाललाई पर्सा जिल्ला अदालत सरुवा गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images