काठमाडौँ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ।
उनका भाइ गजेन्द्र वस्तीका अनुसार हृदयाघात (हार्ट अट्याक) का कारण गएराति उनको निधन भएको हो। हाल पूर्वन्यायाधीश वस्तीको पार्थिव शरीर नर्भिक अस्पतालमा छ।
छोरा विदेशबाट आउन लागेकाले आइतबार मात्रै अन्तिम संस्कार गरिने भाइ गजेन्द्रले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्






















