images
images
  • कति छ आज काठमाडौँको तापक्रम?

    काठमाडौँ । काठमाडौँको न्यूनतम तापक्रम शुक्रबारको तुलनामा बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मापन भएको छ।

    शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन भएको थियो। त्यसअघि बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियसम, बुधबार ७.५ डिग्री सेल्सियस, सोमबार र मंगलबार ४.८ डिग्री सेल्सियस मापन भएको थियो।

    शनिबार काठमाडौंको अधिकतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियसबीच रहने अनुमान छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images