images
images
  • युरोकपका दुबै खेलमा भएन हार-जित, इंग्ल्याण्ड अभागी

    काठमाडौं । युरोकपमा शुक्रबार रातिका दुवै खेल हारजितविहिन भए । अर्थात्, बराबरीमा सकिए । समूह डी अन्तर्गतका दुवै खेलमा क्रोएसियाले चेक गणतन्त्रसँग र इङ्गल्याण्डले स्कटल्याण्डसँग बराबरी खेलेका हुन् ।

    यो बराबरीले राउन्ड अफ सिक्सटिनमा पुग्ने टोलीको टुंगो तत्काल लागेन । त्यो नजिता तेस्रो चरणको खेलसम्म धकेलिएको छ । तेस्रो चरणको खेलबाटै शीर्ष दुईमा रहेर राउन्ड अफ सिक्सटिनमा पुग्ने टिमको टुंगो लाग्नेछ ।

    ६ समूहबाट तेस्रो स्थानका उत्कृष्ट चार टोली समेत राउन्ड अफ सिक्सटिनमा पुग्ने भएकाले त्यसको टुंगो समूह चरणका सबै खेल सकिएपछि मात्र लाग्नेछ ।

    शुक्रबार राति क्रोएसिया र चेक गणतन्त्रले हाम्पडेन पार्कमा १–१ गोलको बराबरी खेले । प्रतिस्पर्धात्मक बनेको खेलमा शुरूवाती अग्रता भने चेक गणतन्त्रले लियो ।

    खेलको ३७ औँ मिनेटमा प्याट्रिक शिकले पेनाल्टीमा गोल गरे । क्रोएसियाका डेजान लेभ्रोनले प्याट्रिकलाई फाउल गरेपछि भीएआरको सहायताबाट चेकले पेनाल्टी पाएको थियो ।

    ४७ औँ मिनेटमा इभाँ पेरिसिचले गोल गर्दै क्रोएसियालाई बराबरीमा ल्याए । यसअघि क्रोएसिया इङ्गल्याण्डसँग १–० गोलले हारेको थियो ।

    उता, वेम्बली स्टेडियममा भएको खेल भने गोलविहिन बन्यो । खेलमा दुवै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । यो खेलमा इङ्गल्याण्ड अभागी सावित भयो ।

    १२ औँ मिनेटमा जोन स्टोन्सको हेडर बल पोस्टमा लागेर फर्किएपछि गोलरहित बराबरीमा चित्त बुझाउनु पर्ने अवस्था आयो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images