काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लिभरपूलले शीर्ष स्थानमा सात अंकको अग्रता बनाएको छ। गएरातिको खेलमा लेस्टर सिटीलाई ३–१ गोलले हराउँदै लिभरपूलले सात अंकको अग्रता बनाएको हो।
यो सिजनमा सुरूदेखि नै आफ्नो उत्कृष्ट लय कायम राख्न सफल लिभरपूलले एक गोलले पछि परेको अवस्थाबाट ‘कमब्याक’ गरेको हो।
खेलको छैटौं मिनेटमा नै मविदिदीले बायाँतर्फबाट दिएको लो क्रसमा जोर्डन एइले गोल गरेका हुन्। तर पहिलो हाफमा नै प्रशिक्षक आर्नोस स्लटकोटोलीको टोलीले गोल फर्काउन सफल भयो।
लिभरपूलको तर्फबाट कोडी गाक्पोले गोल गरेका थिए । उनले पहिलो हाफको इन्ज्युरी समयमा बराबरी गोल गरेका हुन्।
खेलको ४९औं मिनेटमा कर्टिस जोन्सले गोल गरेपछि भने लिभरपूलले अग्रता आफ्नो हातमा ल्याएको थियो। त्यसैगरी मोहम्मद सलाहले ८२औं मिनेटमा सुन्दर फिनिस गरे। एक गोलले पछि परेको अवस्थाबाट जित निकाल्ने क्रममा लिभरपूलले विपक्षीको पोस्टतर्फ १९ प्रहार गरेको थियो।
लिभरपूलले १७ खेलबाट १३ जित सहित ४२ अंक बनाएको छ। उसले अहिलेसम्म एक खेलमा मात्रै हार बेहोरेको छ। त्यसैगरी दोस्रो स्थानको चेल्सीको ३५ अंक छ। १४ अंकको साथ लेस्टर सिटी रेलिगेसन क्षेत्रमा छ।


विश्व खबर 


















