images
images
  • खेल ‘भद्रगोल’ भएपनि अर्जेन्टिना क्वार्टरफाइनल नजिक

    काठमाडौं । अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वार्टरफाइनल नजिक पुगेको छ । जम्मा दुई खेलबाटै अर्जेन्टिना क्वार्टरफाइनल नजिक पुगेको हो ।

    ब्रजिलमा जारी १० टोली सहभागी कोपा अमेरिका फुटबलमा दुई समूहबाट एक–एक टोलीमात्र बाहिरिने भएकाले बाँकी चार टोली सहजै अन्तिम आठमा पुग्नेछन् । समूह ए को अर्जेन्टिना पहिलो खेलमा चिलीसँग बराबरी र दोस्रो खेलमा उरुग्वेलाई १–० गोल अन्तरले हराएपछि क्वार्टरफाइनल नजिक पुगेको हो ।

    अर्जेन्टिनालाई जिताउन १३औँ मिनेटमै गुडो रोड्रिग्वेजले निर्णायक गोल गरे । त्यसपछि भने खेल विग्रियो । लय, आएन । अर्जेन्टिनाका ३ खेलाडी र उरुग्वेका २ खेलाडीले पहेंलो कार्ड खाए ।

    उरुग्वेले ५५ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखे पनि गोल हाल्नै सकेन । अर्जेन्टिनाले गोल गर्न ६ प्रहार गरेको थियो । उरुग्वेले भने त्यस्ता प्रहार गर्नै सकेन । उरुग्वेले २१ फाउल गर्दा अर्जेन्टिनाले ११ फाउल गरेको खेल पछि भद्रगोल भयो ।

    यस्तै, अर्को खेलमा चिलीले बोलिभियालाई १–० गोल अन्तरले हराएको छ । खेलको १०औँ मिनेटमै बेन ब्रेरेटनले निर्णायक गोल गरेका हुन् । २ खेलबाट ४ अंकसहित अर्जेन्टिना पहिलो, चिली समान अंकबाट दोस्रो र १ खेलबाट ३ अंकसहित पाराग्वे तेस्रो स्थानमा छ ।

    पहिलो खेलमै हारेको उरुग्वे चौथो तथा दुवै खेल हारेको बोलिभिया पुछारमा छ । अर्को समूहबाट आयोजक ब्रजिल दुवै खेल जितेर क्वार्टरफाइनल पुगिसकेको छ । –एजेन्सीको सहयोगमा

    प्रतिक्रिया दिनुहोस्
    images
    images