images
images
  • मंकिपक्स संक्रमित युवकको स्वास्थ्य अवस्था कस्तो छ? अस्पतालले दियो विवरण

    काठमाडाैं- मंकिपक्स संक्रमित तनहुँका ३६ वर्षीय युवकको उपचार जारी छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत ती युवकको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले बताए। तर, मंकिपक्स संक्रमितलाई कम्तीमा तीन साता एक्लै राखेर उपचार गर्नुपर्ने भएकाले उपचार कायमै छ।

    साउदी अरेबियाबाट गत हिीबार फर्किएका पुरुषलाई मंकीपक्सको संक्रमण पुष्टि भएको थियो। सोही दिनदेखि अस्पतालमा उपचार जारी छ।

    यसअघि गत १ असारमा एकजना विदेशी महिलालाई मंकीपक्स पुष्टि भएको थियो।

    मंकिपक्स रोग मंकिपक्स भाइरसका कारण हुन्छ, जुन पक्सभिरिडे भाइरस परिवारको अर्थोपक्स भाइरस उपपरिवारसँग सम्बन्धित छ । बिफर, भ्याक्सिनिया र काउपक्स भाइरस यस समूहमा समावेश छन् ।

    मंकिपक्सले बिफरजस्तै छालाको घाउ निम्त्याउँछ, तर लक्षण सामान्यतया हल्का हुन्छ । सुरुमा ज्वरो आउने, टाउको दुख्ने र सास फेर्न गाह्रो हुने जस्ता फ्लुका सामान्य लक्षण देखिन्छन् । एकदेखि दश दिनपछि हात वा खुट्टा, टाउको वा छातीमा डाबर देखा पर्न सक्छ र अन्ततः पिप भरिएको पिलोमा परिणत हुन्छ । सामान्यतया लक्षण दुईदेखि चार हप्तासम्म रहन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images