काठमाडौं–काठमाडौंको महाराजगञ्जस्थित प्रहरी वृत्तमा आत्मसमर्पण गर्न पुगेका मिलन आचार्यले बाबु र भाइको आफूले हत्या गरेको स्वीकारेका छन्।मंगलबार प्रहरीको सम्पर्कमा आएका मिलनले बुबा कुलप्रसाद र भाई प्रविणमाथि सुतेका बेला सिलौटा र डम्बेल प्रहार गरेर हत्या गरेको स्वीकार गरेका हुन् ।
उनीसँग थप सोधपुछ गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। मिलन सम्पर्कमा आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोधपुछ गरिरहेको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ बालकोटस्थित फिकाधारामा डेरा गरी बस्दै आएका मिलनले बाबु ५६ वर्षीय कुलप्रसाद आचार्य र भाइ २२ वर्षीय छोरा प्रवीण आचार्यको हत्या गरेको स्वीकारेका हुन्।
,‘‘बुबाले धेरै नै माया गर्नुहुन्थ्यो । मलाई सरकारी जागिर खाएको देख्ने उहाँको सपना थियो । मैले प्रयाससमेत गरेँ । तर, ६–७ पटक परीक्षा दिँदासमेत पास भइनँ । त्यही तनावमा बुबाले समेत आत्महत्या प्रयास गर्नुभयो । त्यही दिनदेखि मलाई पनि बुबालाई खुसी पार्न सकिएन भन्ने लाग्यो । सबै मारेर मुक्ति हुन्छ भनेर यो अवस्थामा पुगेको हुँ ।’’
हत्यापछि आफूलेसमेत झुन्डिएर आत्महत्या गर्ने प्रयास गरेको तर सफल नभएको बयान प्रहरीलाई दिएका छन् । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार मिलनले बुबा कुलप्रसाद र भाई प्रविणको हत्या योजनाअनुसार गरेको बयान दिएका छन् ।
मिलनले प्रहरी अधिकारीसँग बयानमा भनेका छन्,‘‘बुबाले धेरै नै माया गर्नुहुन्थ्यो । मलाई सरकारी जागिर खाएको देख्ने उहाँको सपना थियो । मैले प्रयाससमेत गरेँ । तर, ६–७ पटक परीक्षा दिँदासमेत पास भइनँ । त्यही तनावमा बुबाले समेत आत्महत्या प्रयास गर्नुभयो । त्यही दिनदेखि मलाई पनि बुबालाई खुसी पार्न सकिएन भन्ने लाग्यो । सबै मारेर मुक्ति हुन्छ भनेर यो अवस्थामा पुगेको हुँ ।’’
‘मैले धेरै पटक लोक सेवा आयोगमा परीक्षा दिएँ तर ५-६ पटकसम्म फेल भएँ,’ मिलनले भनेका प्रारम्भिक बयानबारे जानकारी दिँदै प्रहरी स्रोतले भन्यो, ‘बुवा पनि बिरामी हुनुहुन्थ्यो, भाइ पनि केही काम गर्दैनथ्यो, पढ्दै थियो।’
पारिवारिक तनावका कारण आफूले हत्या गरेको उनकाे साबिती छ । ‘म धेरैपटक लोकसेवाको परीक्षामा फेल भएर बुवा पनि डिप्रेसनमा हुनुहुन्थ्यो,’ सोधपुछमा आबद्ध एक प्रहरीले भने, ‘पारिवारिक तनावकै कारण म यस्तो निर्णयमा पुगेँ ।’ हत्यापछि आफूले पनि आत्महत्या गर्ने योजना बनाएको, तर असफल भएको उनले प्रहरीमा बताएका छन् ।
भाइ प्रविण पनि सधैँ दिउँसो १२ बजेसम्म सुत्ने र केही गर्न नसक्ने भनेर हत्या गरेको बताएका छन् । बुबा र भाइको हत्याको योजना केही दिनअघि देखिनै बनाएर गरेको पनि प्रहरीलाई बताएका छन् । हत्या आइतबार बिहान करिब चार बजेतिर गरेर कोठा बन्द गरेको बयान दिएका छन् । मिलनले परिवारका अन्य सदस्यलाई पनि मार्ने योजना बनाएको प्रहरीसमक्ष बयान दिएका छन् ।
‘मैले धेरै पटक लोक सेवा आयोगमा परीक्षा दिएँ तर ५-६ पटकसम्म फेल भएँ,’ मिलनले भनेका प्रारम्भिक बयानबारे जानकारी दिँदै प्रहरी स्रोतले भन्यो, ‘बुवा पनि बिरामी हुनुहुन्थ्यो, भाइ पनि केही काम गर्दैनथ्यो, पढ्दै थियो।’

मिलन बुबा र भाइकाे हत्यापछि कहाँ गए ?
प्रारम्भिक अनुसन्धानमा सुतिरहेकै अवस्थामा उनले हत्या गरेको देखिन्छ । हत्यापछि राति नै उनी घरबाट निस्किएका थिए। सोमबार बिहान शव फेला परेपछि भने प्रहरीले मिलनलाई नै शंका गरेर अनुसन्धान तीव्र पारेको थियो । तर, हत्या लगत्तै फरार मिलनलाई प्रहरीले पक्राउ गर्न सकेन । मंगलबार बिहान भने उनी आफैँ प्रहरीको सम्पर्कमा आएका थिए ।
प्रहरीले उनलाई प्रहरी वृत्त महाराजगञ्जमा राखेर अनुसन्धान थालेको छ । प्रहरीका अनुसार हत्यालगत्तै कोठाबाट आत्महत्या गर्न मिलन भक्तपुरको बिरुवा पुगेको बयान दिएका छन् । तर, आत्महत्या गर्न नसकेपछि उनी त्यहाँबाट फर्किएर भक्तपुरस्थित दरबार स्क्वायर पुगेका थिए । आइतबार दिनभर दरबार स्क्वायरमा नै बसेको प्रहरीको बयानमा बताएका छन् ।
त्यहाँबाट भने उनी सार्वजनिक यातायात चढेर चाबहिलस्थित एक होटलमा पुगेका थिए । त्यही होटलमा उनी दुई दिन बसेको खुलेको छ । प्रहरी अधिकारीका अनुसार लोकसेवा पास नभएपछि उनी विक्षिप्त भएको देखिएको छ ।
खोटाङ घर भएका ५६ वर्षीय कुलप्रसाद आचार्य हुलाक कार्यालय दिक्तेलका निमित्त कार्यालय प्रमुख हुन्।कार्यालयकै कामले पाँच दिनअघि काठमाडौं आएका उनी छोराहरूको डेरामा बसेका थिए। शनिबार बेलुका तीनैजना डेरामा रहेको सो घरमा बस्ने अन्यले बताएका छन्।
शनिबार बिहानदेखि कोठा बाहिरबाट बन्द थियो। सोमबारसम्म पनि ढोका नखुलेपछि प्रहरी बोलाएर सोमबार ढाेका खोल्दा दुईजनाको शव भेटिएको हो। जिल्ला प्रहरी परिसर, भक्तपुरका अनुसार छोराको शव किचनमा र बुबाको अर्काे कोठामा भेटिएको हो। किचनको सिलौटोमा कपाल र रगत छ। हत्यामा डम्बबेलको समेत प्रयोग भएको आशंका प्रहरीको छ। जेठा छोरा मिलन स्नातकसम्मको पढाइ पूरा गरी लोकसेवा आयोगको तयारीमा थिए भने कान्छा छोरा प्रवीण भिएस निकेतन कलेजमा बिएस्सी दोस्रो तहमा अध्ययनरत थिए। नायब सुब्बा तहमा कार्यरत कुलप्रसादले छोराहरूलाई पढाउन भक्तपुरमा राखेका थिए।
मृतकहरूको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।
याे पनि हेर्नुहाेस् : बालकोटमा बाबुछोराको हत्या प्रकरणः जेठा छोराले गरे प्रहरीमा आत्मसमर्पण
याे पनि हेर्नुहाेस् : भक्तपुरको बालकोटमा बाबु–छोरा मृत भेटिए, सँगै सुतेका जेठा छोरा फरार






















