images
images
  • भैंसेपाटी हनिट्रयाप प्रकरण : इन्सपेक्टर बिनु शाहीलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश

    काठमाडौं – भैंसेपाटी हनिट्र्याप प्रकरणमा मुछिएकी इन्सपेक्टर बिनु शाहीलाई ५ लाख रुपैयाँ भरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

    युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउने भन्दै रकम असुलेको घटनामा संलग्न इन्सपेक्टर धरौटीमा रिहा गर्न ललितपुर जिल्ला अदालतले सोमबार आदेश गरेको हो ।

    फरार रहेकी शाही आइतबार मात्रै जिल्ला अदालत ललितपुरमा उपस्थित भएकी थिइन् । न्यायाधीश रिताकुमारी बख्रेलको इजलासले उनलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको हो ।

    यसअघि यो घटनाको अनुसन्धान जिल्ला प्रहरी परिसर ललितपुरले गरेको थियो । अनुसन्धानका क्रममा उक्त घटनामा एसपी कमल थापाको समेत संलग्नता देखिएको भन्दै थप अनुसन्धान गर्ने जिम्मा सीआईबीलाई दिइएको थियो ।

    हनी ट्रयापमा पीडित व्यवसायी र प्रतिवादी सुष्मा विकबीच गत साउनदेखि नै चिनजान रहेको देखिएको थियो । सुस्मा मोरङको एक होटलमा काम गर्थिन् । त्यसपछि उनीहरू नजिकिएका थिए। सुस्मा र पीडित व्यवसायीबीचको सम्बन्ध थाहा पाएपछि ताजको समूहले सुस्मालाई प्रयोग गरेर रकम असुलेको आरोप छ ।

    त्यसका लागि उनीहरूले आफू अनकूल ठाउँको खोजी गरेका थिए । त्यसपछि उनीहरू प्रहरी प्रभाग भैंसेपाटी पुगेको प्रहरीको निष्कर्ष छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images