images
images
  • सहकारी ठगीको आरोपमा चन्द्रागिरि–१२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ

    काठाडौं-चन्द्रागिरि नगरपालिका–१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन् । उनलाई सहकारी ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

    ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप उनीमाथि छ । प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले बताए ।

    उनी सो सहकारीका कोषाध्यक्ष हुन्। महर्जन ०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट निर्वाचित भएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images