images
images
  • आजदेखि अदालतमा रविको बयान, त्यसपछि थुनछेक बहस

    काठमाडाैं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा खेपेको पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आज सोमबारदेखि सुरु हुने भएको छ। उनको बयान जिल्ला अदालत कास्कीले लिन लागेको हो।

    जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार मात्र पोखराको सूर्यदर्शन सहकारी ठगिमा संलग्न आरोपमा ३१ व्यक्ति र आठ कम्पनीविरुद्ध मुद्दा दायर गरेको थियो। त्यस्तै, पाँच जनाको सम्पत्ति जफत प्रयोजनका लागि मुद्दा चलाएको थियो । साढे एक अर्ब ठगी प्रकरणमा मुद्दा चलेसँगै अब रविसहित आरोपीहरुको बयान लिन थालिएको हो। यसअघि प्रहरी र सरकारी वकिलको कार्यालयले बयान लिएर मुद्दा चलाएको थियो।

    बयान सकिएपछि आरोपितलाई थुनामा राखेर मुद्दा अघि बढाउने वा धरौटीमा छाड्ने भन्नेबारे थुनछेक बहस हुनेछ। न्यायाधीशले थुनामा राख्ने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्नेबारे निर्णय गरेपछि मूल मुद्दा अघि बढ्ने छ ।

    मुद्दा दायर भएसँगै रास्वपा सभापति लामिछाने प्रतिनिधिसभा सदस्यबाट निलम्बित भएका छन्। सम्पत्ति शुद्धीकरणको अभियोग गर्दा हुनासाथ सार्वजनिक पदमा रहेको व्यक्ति स्वतः निलम्बन हुने कानुनी व्यवस्था छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images