images
images
  • रविविरुद्ध झण्डै २८ करोड सम्पत्ति शुद्धिकरण गरेको आरोप, ‘रवि र छविका श्रीमतिविरुद्ध पनि मुद्दा’

    काठमाडौं – जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि २७ करोड ८९ लाख रुपैयाँभन्दा बढी सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको भन्दै सम्पत्ति शुद्धिकरणको मुद्दा दायर गरेको छ ।

    यो केसमा रवि पत्नी निकिता पौडेल छवि पत्नि पद्मा पँछाईलाई पनि मुद्दा दायर गरेको छ । निकिता र पद्मासहित पाँच जनालाई उनीहरूको साथमा रहेको केही सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको हो ।

    कसुरमा संलग्न नभएको असम्बन्धित व्यक्तिको खातामा कसुरबाट आर्जन भएको सम्पत्ति रहेको भेटिएमा ‘जफत गर्ने प्रयोजन’का लागि प्रतिवादी बनाउने प्रचलन छ । त्यस्ता आरोपितहरूको साथमा रहेको सम्पत्ति अपराधबाट आर्जन भएको ठहरिएमा अभियोगमा मागदाबी भएअनुसारको सम्पत्ति मात्रै जफत हुन्छ, तर अरु दण्डसजाय हुँदैन ।

    त्यसरी प्रतिवादी बनाइएकाहरुमा पद्मा बन्जाडे, रोचक जोशी, राधा पछाईं र गीता पछाईंको सम्पत्ति जफत गर्नुपर्ने मागदाबी गर्दै प्रतिवादी बनाइएको हो ।

    सहायक न्यायाधीवक्ता शर्माका अनुसार, आइतबार ३१ जनालाई प्रतिवादी बनाइएकोमा ८ वटा कम्पनीहरु हुन् भने ५ जनाविरुद्ध जफत प्रयोजनका लागि मात्रै मुद्दा चलेको हो । यो प्रकरणमा कुल ६३ जना विरुद्ध मुद्दा दायर भएको छ ।

    सम्पत्ति शुद्धीकरणमा रवि पत्नी निकिता पौडेल, छविलाल जोशीकी श्रीमती पद्मा, छोरा रोचक जोशी, लिला पछाईंको आमा राधा पछाइँ, दिदी गीता पछाईंको पनि सम्पत्ति जफत गर्न माग गरिएको छ ।

    रवि लामिछाने प्रतिनिधि सभा सदस्यसमेत रहेकाले उनको सांसद पद निलम्बन गर्न संसद सचिवालयलाई पत्राचार गरिसकिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images