काठमाडौं- नेपाल प्रिमियर लिग ((एनपिएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले ब्याटिङ रोजेको छ। जनकपुर बोल्टसविरुद्ध टस जितेपछि कप्तान दीपेन्द्रसिंर्ह ऐरीले ब्याटिङ रोजेका हुन्।
खेल शनिबार मध्याह्न साढे १२ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ।
आसिफ शेखको कप्तानीमा रहेको जनकपुर बोल्टसले पहिलो बलिङ गर्नेछ । यसअघि जनकपुरलाई पहिलो क्वालिफायरमा हराउँदै सुदूरपश्चिम फाइनलमा स्थान बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्























