images
images
  • NPL को ट्रफीभन्दा कम छैन उत्कृष्ट खेलाडीले पाउने पुरस्कार : को को छन् कारका दाबेदार ?

    काठमाडौं – नेपाल प्रिमियर लिगको फाइनल खेल शनिवार हुँदैछ । फाइनलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट प्रतिस्पर्धा गर्दैछन् । दुई टिम मध्ये एउटाले उपाधि जित्ने छ भने अर्को टोली उपविजेतामै सिमित हुने छ । विजेताले १ करोड १० लाख र उपविजेताले ५१ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

    एनपीएलको आकर्षण यतिमात्र छैन । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने एक जना खेलाडीलाई करिब ६२ लाख मूल्यको कार उपहार दिइने छ । त्यसैले यतिबेला सबैको नजर उत्कृष्ट खेलाडी को हुन्छ भन्नेमा पनि त्यतिकै छ । सामाजिक सञ्जालको राय वा भोटिङ हुन्थ्यो भने यो कार सोझै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पाउनेमा दुईमत थिएन ।

    तर, सबै कुरा सोसलम मिडियाको मात्रै सुनिदैन । क्यानले कुनै एउटा क्राइट एरिया बनाएर एक जना नेपाली खेलाडीलाई कार उपहार दिनेछ । त्यतिबेला भने दीपेन्द्रसँगै जनकपुरका ललित राजबंशी र लुम्बिनी लायन्सका रोहित पौडेलको नाममा पनि विचार विमर्श हुनेछ । अहिलेसम्म लिगबाट बाहिरिएका टिमका कप्तान र कोचको भनाई मान्ने हो भने कार पाउने रेसमा दिपेन्द्र ६० प्रतिशत अघिछन् । ललित राजबंशी ४० प्रतिशत र रोहित पौडेल ३० प्रतिशतका दाबेदार हुन् ।

    दीपेन्द्रले ८ खेलमा १ अर्धशतकसहित २२२ रन बनाएका छन् । उनले विराटनगर विरुद्ध अविजित ५७ रन, काठमान्डु गुर्खाज र लुम्बिनी लायन्स विरुद्ध समान ४३ रन, चितवन विरुद्ध १ रन, पोखरा विरुद्ध २०रन, कर्णाली विरुद्ध ३८ रन र जनकपुर विरुद्ध २० रन बनाएका थिए ।

    उनले जनकपुरविरुद्ध एकैखेलमा ३ विकेटसहित बलिङमा पनि कुल ८ विकेट लिएका छन् । आधा दर्जनभन्दा बढी उत्कृष्ट क्याच र त्यतिनै संख्यामा रनआउट पनि गरेका छन् ।

    ललित राजवंशीको कुरा गर्ने हो भने उनी एनपीएलमा सर्वाधिक विकेट लिने खेलाडीमा १ नम्बरमा छन् । उनीसँग सुदूरपश्चिमका विदेशी खेलाडीले मात्रे १६ विकेट लिएका छन् । क्यानले सुरुमै स्वदेशी खेलाडीले मात्रै कार पाउने घोषणा गरेकोले विदेशी खेलाडीको प्रदर्शनलाई त्यति महत्व दिइएको छैन ।

    रोहित पौडेलको कुरा गर्ने हो भने उनले दुई अर्धशतकसहित एनपीएलमा सर्वाधिक २९२ रन बनाएका छन् ।

    रोहितले पोखरा विरुद्ध सर्वाधिक ९५ रन बनाएका थिए भने चितवन विरुद्ध ८० रन बनाएका थिए ।

    यसैगरी विराटनगर विरुद्ध ४६ रन, जनकपुर विरुदध ३५ रन, कर्णाली विरुदध १० रन, काठमान्डु र सुदूरपश्चिम विरुद्ध समान ८ रन बनाएका थिए ।

    ७ मध्ये ६ खेलमा बलिङ गरेका उनले चितवनविरुद्ध १७ रन दिएर ४ विकेट पनि लिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images