images
images
  • NPL मा ६२८ चौका पुगे, विद्यार्थीलाई एनसेलको २५१२ वटा शैक्षिक सामग्री पक्का

    काठमाडौं-नेपाल प्रिमियर लिग (एनपीएल) मा ६२८ चौका पुगेका छन्। अब फाइनल खेल मात्र बाँकी छ।

    प्रत्येक चौकामा एनसेल फाउन्डेसनले सामुदायिक विद्यालयका विद्यार्थीलाई चारवटा शैक्षिक सामग्री प्रदान गर्ने घोषणा गरेको थियो। जसअनुसार २ हजार ५१२ शैक्षिक सामग्री वितरण पक्का भएको छ।

    यस पहलमार्फत विद्यार्थीहरूको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखेको एनसेलको विज्ञप्तिमा उल्लेख छ। क्रिकेटप्रतिको चाख र यसको शक्ति प्रयोग गरी ग्रामीण र दुर्गम विपन्न क्षेत्रका विद्यार्थीहरूको जीवनमा सकारात्मक प्रभाव पार्न चाहेको एनसेलकी कर्पोरेट कम्युनिकेसन र सीएसआर हेड विशाखा लक्ष्मी खड्काले बताइन्।

    शैक्षिक सामग्रीहरूको वितरण क्रिकेट एशोसिएसन नेपाल (क्यान), स्थानीय तह र सरोकारवालाहरूको समन्वयमा गरिने उल्लेख छ । क्यानले एनपीएलका लागि एनसेलसँग साझेदारी सम्झौता गरिसकेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images