images
images
  • NPL मा सुदूरपश्चिमको फाइनल यात्रा : क्वालिफायरमा कसको प्रदर्शन कस्तो रह्यो ?

    काठमाडौं-नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदुरपश्चिम रोयल्स फाइनलमा पुगेको छ।

    सुदुरपश्चिमले जनकपुरलाई ८ विकेटले पराजित गर्दै पहिलो संस्करणको एनपिएलको फाइनलमा स्थान पक्का गरेको हो।

    जनकपरले दिएको एक सय ४० रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले १८.३ ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो ।

    सुदुरपश्चिमका लागि ओपनर बिनोद भण्डारीले अर्धसतकीय पारी खेले । उनले ५५ बलमा ३ चौका र ३ छक्काको मद्दतमा ५८ रन बनाए। यस्तै अर्का ओपनर सेफ जैब २१ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दै ३२ रन बनाएर आउट भए । सुदुरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले २५ रन बनाए । कप्तान दीपेन्द्र सिंह ऐरीले अविजित २० रन बनाए ।

    बलिङमा जनकपुरका ललित राजवंशी र किशोर महतोले समान एक एक विकेट लिए।

    यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ३९ रन बनाएको थियो ।

    जनकपुरका लागि जिमि निशमले सर्वाधिक ४५ रन बनाए । उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। यस्तै शुभ कंसाकारले २६, लाहिरु मिलान्था र हर्ष ठाकेरले समान १२/१२, तथा कप्तान आसिफ शेख र अरनिको यादवले समान ११/११ रन बनाए।

    बलिङमा सुदुरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए । सेफ जैबले दुई तथा स्कट कुग्गेलिन र अभिनाष बोहोराले एक एक विकेट लिए ।

    पराजित जनकपुरले बिहिबार कर्णाली याक्ससँग दोस्रो क्वालिफायर खेल्नेछ । उक्त खेलको विजेताले फाइनलमा सुदुरपश्चिकसँग उपाधिका लागि खेल्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images