images
images
  • NPL : कर्णालीले चितवनलाई दियो १७६ रनको लक्ष्य

    काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले ६ विकेट गुमाएर १७५ रन बनाएको हो ।

    एनपीएलमा पहिलो खेल खेलेका कोल्सावालाले ३९ बल खेल्दै ६ चौका र २ छक्का मद्दतमा सर्वाधिक ५३ रन बनाए ।

    यस्तै बोसिस्टोले ३९ बल नै खेल्दै ३ चौका र २ छक्का मद्दतमा ५२ रन बनाए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images