images
images
  • NPL विजेताले १ करोड १० लाख पाउने, ‘क्वालिफायर टिमले २५ लाख पाउने निश्चित, फाइनलको भ्यालु ५९ लाख’

    काठमाडौं – नेपाल प्रिमियर लिग (NPL)को विजेता टोलीलेले १ करोड १० लाख रुपैयाँ पुरस्कार पाउने क्यानले सार्वजनिक गरेको छ ।

    उपविजेता टोलीले भने ५१ लाख रुपैयाँ मात्रै पुरस्कार पाउने छन् । क्वालिफायर खेल्ने जनकपुर र सुदूरपश्चिमले कम्तिमा २५ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेका छन् । प्रतियोगितामा तेस्रो हुने टोलीलाई २५ लाख रुपैयाँ पुरस्कार राखिएको छ ।

    त्यस्तै कर्णाली याक्स र चितवन राइनोजले पनि कम्तिमा १५ लाख पुरस्कार सुरक्षति गरेका छन् । उक्त खेलको विजेता टोलीले जनकपुर र सुदूरपश्चिमको खेलमा पराजित हुने टोलीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ ।

    npl pppp

    दोस्रो क्वालिफायरको खेल भ्यालु २६ लाख रुपैयाँ रहेको छ । तेस्रो हुने टोलीले २५ लाख मात्र पाउँदा दोस्रो क्वालिफायर जित्ने टोलीले कम्तिमा २६ लाख रुपैयाँ थप पुरस्कार पाउनेछ ।

    फाइनल खेलको भ्यालु भने क्यानले ५९ लाख रुपैयाँ राखेको छ । उपविजेताले भन्दा विजेताले पाउने पुरस्कार रासी ५९ लाख रुपैयाँले बढी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images