काठमाडौं – टेस्ट राष्ट्र पाकिस्तानको टोलीलाई हराएर उच्च मनोबलमा रहेको नेपाली टोलीले एसीसी यू-१९ महिला एसिया कपमा आफ्नो दोस्रो खेल भारतसँग खेल्दैछ ।
समूह बी मा रहेको नेपालले भारतसँग नेपाली समयअनुसार विहान ११:४५ बजे खेल्नेछ । खेल क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा हुनेछ ।
यसअघि नेपालले आफ्नो पहिलो खेलमा सोमबार पाकिस्तानलाई हराएसँगै नेपाल अन्तिम चारमा पुगिसकेको छ ।
पाकिस्तान भने लगातार दुई खेलमा पराजयपछि प्रतियोगिताबाट बाहिरिसकेको छ ।
आईसीसी यू-१९ महिला टी२० विश्वकप एसिया छनोटको विजेता बनेपछि नेपाल यू१९ विश्वकप र यू१९ एसिया कपमा छनोट भएको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















