काठमाडौं – प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ ।
जिल्ला प्रहरी कार्यालय, पोखराले सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो । यो मुद्दामा प्रहरीका पूर्वडीआईजी छविलाल जोशी लगायत सहकारी रकम अपचलनमा संग्लग्न अरु पनि प्रतिवादी छन् ।
प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा कारबाहीका लागि माग दाबी गर्दै प्रतिवेदन बुझाएको बताइएको छ ।
अनुसन्धानका क्रममा सहकारीको रकम गोर्खा मिडियामा गएको र लामिछानेले विभिन्न सहकारीलाई ऋण तिर्न काटेको चेक बरामद गरिएकोले यसलाई लामिछाने सहकारी ठगीमा संलग्न बलियो प्रमाणका रुपमा प्रहरीले प्रस्तुत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्






















