images
images
  • NPL : शीर्षस्थानमा रहँदै सुदूरपश्चिम प्लेअफमा, ‘कर्णाली, चितवन र काठमान्डु मध्ये दुई टिम जाने’

    काठमाडौं – सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (NPL)को प्लेअफमा पुगेको छ ।

    आइतवार टीयू मैदान कीर्तिपुरमा भएको पोखरा एभेन्जर्स विरुद्धको खेल जित्दै सुदूरपश्चिम प्लेअफमा पुगेको हो ।

    पहिलो ब्याटिङ गरेर सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १५३ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रेको पोखराले १९.४ ओभरमा सबै विकेट गुमाएर १४८ रन मात्र बनाउन सक्यो ।

    पोखराले ७ मध्ये २ खेलमा जित हात पार्दै चार अंकसिहत तालिकाको सातौ स्थानमा रहँदै एनपीएल सिजन एकको अन्त्य गरेको छ ।

    विराटनगरले पनि समान अंकसहित छैटौ स्थानमा रहेर लिगको अन्त्य गरेको छ । लुम्बिनी लायन्स भने २ अंक मात्रै जोड्दै तालिकाको पुछारमा रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images