काठमाडौं – नेपाल प्रिमियर लिग (NPL)मा काठमान्डु गुर्खाजले विराटनगर किंङ्सलाई पराजित गरेर ८ अंक जोडेपछि सुदूरपश्चिम रोयल्स र कर्णाली याक्समाथि दबाब बढाएको छ ।
काठमान्डुको जीतपछि ८ अंक भएका ४ टोली प्लेअफको दौडमा छन् । त्यसमध्ये सुदूरपश्चिमले २ र कर्णालीले १ खेल खेल्न बाँकी छ । ७ वटै खेलमा ४ जित निकालेका चितवन र काठमान्डु ८ अंकसहित लिगको अन्त्य गरेका छन् । अब उनीहरुलाई अगाडि बढ्न दिने वा आफै अघि बढ्ने भन्ने कुरा कर्णाली र सुदूरपश्चिमको हातमा छ ।
जनकपुर बोल्टस् भने ७ मा ५ जितसहित यस अघि नै प्लेअफमा पुगिसकेको छ ।
सुदूरपश्चिमले दुवै खेल ठूलो अन्तरमा गुमाएमा सुदूरपश्चिम लिगचरणबाटै बाहिरिन सक्छ । सुदूरपश्चिमले कर्णालीलाई ठूलो अन्तरमा पराजित गरेमा कर्णाली पनि बाहिरिन सक्छ । सामान्य अन्तरको जित हारले भने सुदूरपश्चिम, कर्णाली र चितवन नै अन्तिम ४ मा पुग्नेछन् ।


विश्व खबर 


















