images
images
  • NPL – जित्नै पर्ने खेलमा विराटनगरको चितवनविरुद्ध खराब सुरुवात, दोस्रो ओभरमै गुमायो ३ विकेट

    काठमाडौं – जारी नेपाल प्रिमियर लिग NPL मा प्लेअफ सम्भावना जीवित राख्न जित्नै पर्ने खेलमा विराटनगरले चितवनविरुद्ध खराब सुरुवात गरेको छ ।

    पहिलो ओभरमै दुई विकेट गुमाएको विराटनगरले दोस्रो ओभरमा अर्को विकेट पनि गुमाएको छ ।

    ठूलो नेटरनरेट सहितको जित चाहिने बेला विराटनगरले चितवन विरुद्ध खराब सुरुवात गरेको हो ।

    चितवन ६ अंक सहित तालिकाको चौथो स्थानमा छ भने विराटनगर मात्र २ अंकका साथ तालिकाको पुछारमा छ ।

    चितवनले दुवै खेल गुमाएमा र विराटनगरले दुवै खेल राम्रो नेटरनरेटमा जितेमा प्लेअफ पुग्ने झिनो आशा बाँकी छ ।

    विराटनगर प्लेअफ पुग्न उसले जितेर मात्र पुग्दैन चितवनले अर्को खेल पनि गुमाउनु पर्छ भने काठमान्डू गुर्खाजले २ मध्ये कम्तिमा एक खेल गुमाउनु पर्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images