images
images
  • NPL हेर्न नेपाल आइपुगे विश्वप्रशिद्ध क्रिकेटर ब्रायन लारा, ‘एनपीएलले नयाँ उचाईं लिने पक्का !’

    काठमाडौं । विश्व चर्चित क्रिकेटर ब्रायन लारा नेपाल आइपुगेका छन् । उनी शुक्रबार बिहान नेपाल आइपुगेका हुन् । उनलाई क्यान पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।

    उनी काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न नेपाल आएका हुन् । छोरीसहित नेपाल आएका लारा ३ दिन नेपाल बस्नेछन् ।

    लारा टेस्ट क्रिकेटका सर्वाधिक चर्चित खेलाडी हुन् । टेस्ट क्रिकेटमा एकै इनिङमा नटआउट ४ सय रन बनाउने कीर्तिमान उनीसँग छ ।

    यसअघि उनले गतवर्ष नेपाली क्रिकेट टोली टी-२० विश्वकपमा छनोट हुँदा बधाइ दिँदै आफू नेपाल आउन चाहेको बताएका थिए । एक नेपाली क्रिकेट फ्यानसँगको ट्वीट सम्वादमा उनले नेपाली टोलीको प्रशंसासमेत गरेका थिए ।

    त्यसपछि उनले ट्वीट गर्दै नेपाली टोलीको खेल चमत्कारिक रहेको र आफू निकै प्रभावित भएको बताएका थिए ।

    लाराले वेस्टइन्डिजका लागि १३१ टेस्टमा झण्डै १२ हजार रन बनाएका छन् भने २९९ ओडिआई खेल्दा १० हजारभन्दा धेरै रन बनाएका छन् ।

    एनपीएल हेर्न लारा आएपछि नेपाली खेलाडीहरु तथा खेलप्रेमीहरु उत्साहित भएका छन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images