images
images
  • कर्णालीले जित्नै पर्ने खेलमा लुम्बिनीले पायो जम्मा १२९ रनको लक्ष्य, डेब्यु बलरले लिए ५ विकेट

    काठमाडौं – कर्णाली याक्सले प्लेअफ सम्भावना बलियो बनाउन जित्नै पर्ने खेलमा लुम्बिनी लायन्सलाई १२९ रनको विजयी लक्ष्य दिएको छ ।

    नेपाल प्रिमियर लिग (NPL)को २२ औं खेलमा कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको हो ।

    अघिल्लो खेलमा ६ विकेट लिएका विलियम बोसिस्टोले कर्णालीका लागि सर्वाधिक ४४ रन बनाए । अर्जुन घर्तीले २५ र बाबर हायतले २० रन बनाए ।

    बलिङमा लुम्बिनीका लागि एनपीलएका डेब्यु गरेका विकास आग्रीले ३ र तिलक भण्डारीले २ विकेट लिए । लुम्बिनी उपाधिहोडबाट बाहिरिएपछि मात्र यी दुई नयाँ बलरले अवसर पाएका हुन् ।

    लुम्बिनी प्रतियोगिताबाट बाहिरिए पनि प्रतियोगिताको अन्त्य जितबाट गर्न चाहन्छ । कर्णाली भने प्रतियोगितामा रहिरहन जित्नै पर्ने दबाबमा हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images