images
images
  • महालक्ष्मी विकास बैंकले डिजिटल भुक्तानी केन्द्र स्थापना

    काठमाडौं – महालक्ष्मी विकास बैंकले दरबारमार्गस्थित शाखा कार्यालयमा डिजिटल भुक्तानी केन्द्र स्थापना गरेको छ ।

    ग्राहकलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा प्रवाह गर्ने बैंकको निति अनुसार शो शाखा कार्यालयमा डिजिटल भुक्तानी केन्द्र स्थापना गरिएको बैंकले जनाएको छ ।

    उक्त केन्द्रमार्फत विभिन्न अनलाइन भुक्तानी सम्बन्धी सेवाहरू प्रवाह हुने बैंकले जनाएको छ ।

    सुरक्षित र आधिकारिक इलेक्ट्रोनिक भुक्तानी प्लेटफर्मको प्रयोग गरी सहज, सरल र झन्झटरहित तरिकाले भिसा शुल्क तथा विदेशमा अध्ययन गर्न चाहने विधार्थीको आवेदन तथा अध्ययन शुल्क केन्द्रबाट भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।

    यसैगरी पीटीआई, स्याट, यूएसएमएलई, जीआरई, एसीसीए जस्ता कोर्सको शुल्क तथा सेभिज शुल्क पनि भुक्तानी गर्न सकिने छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images