काठमाडौं – साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यावसायी दुर्गा प्रसाईंलाई ४० हजार धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई ४० हजार धरौटीमा छाड्न आदेश दिएको हो ।
बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
तर, आपराधिक विश्वासघातको कसूरमा सीआईबीले अनुसन्धन गरिरहेकाले उनी तत्काल हिरासत मुक्त भने हुने छैनन् ।
यसअघि उनलाई प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो । अनुसन्धानकोक्रममा उनलाई अन्य कसुरमा पनि अनुसन्धान गर्नुपर्ने भन्दै प्रहीले अर्को आरोपको अनुसन्धानका लागि पनि पक्राउ पुर्जी लिएको थियो ।
प्रतिक्रिया दिनुहोस्























