images
images
  • रवि लामिछाने थप पाँच दिन प्रहरी हिरासतमा रहने, ‘हिरासत बसाई दुई महिना !’

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने थप पाँच दिन प्रहरी हिरासतमै रहने पक्का भएको छ ।

    उनलाई अदालतले थप पाँच दिन म्याद थपेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

    जिल्ला अदालत कास्कीमा बिहीबार न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले उनलाई थप पाँच दिन म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

    प्रहरीले अझै ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग गरेपनि अदालतले ५ दिनको मात्रै म्याद थप दिएको हो ।

    गत कात्तिक २ गते पक्राउ परेका लामिछानेको हिरासत बसाई दुई महिना पुग्ने छ ।

    प्रहरीले सहकारीको रकम अनियमिततासँगै संगठित अपराध र सम्पत्ती सुद्धिकरणमा पनि अनुसन्धान सुरु गरेकाले लामिछानेलाई ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images