काठमाडौं – जारी नेपाल प्रिमियर लिग – NPL मा काठमान्डु गुर्खाजले जनकपुर बोल्ट्सलाई जितका लागि १०२ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ रोजेको काठमान्डुले १९.३ ओभरमा अलआउट हुँदै १०१ रन मात्र बनाउन सक्यो ।
काठमान्डुलाई सस्तैमा समेट्न ललित राजबंशी र शेर मल्लले ३/३ विकेट लिए ।
काठमान्डुका ३ खेलाडीले मात्रै दोहोरो अंकमा रन बनाउन सके ।
काठमान्डुका लागि जेरार्ड एरासमसले सर्वाधिक २०, करण केसीले १९ र स्टेफेन इसक्नाजीले १७ रन बनाए । बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङमा जनकपुरका लागि ललितले ४ ओभरमा २ मेडन राख्दै ८ रन मात्र खर्चेर ३ विकेट लिए । शेर मल्लले ३.३ ओभरमा ११ रन खर्चेर ३ विकेट नै लिए । मोहम्मद मोहसिनले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । किशोर महतो र अरनिको यादवले समान १/१ विकेट लिए ।
आजको खेल जितेमा जनकपुर प्लेअफमा स्थान बनाउने पहिलो टोली हुनेछ । काठमान्डुले जितेमा प्लेअफ समिकरण झनै रोचक हुनेछ ।


विश्व खबर 


















