images
images
  • NPL – विराटनगरविरुद्ध १४० रनको लक्ष्य पच्छ्याएको पोखरा एभेन्जर्सको उत्कृष्ट सुरुवात

    काठमाडौ‌ं – नेपाल प्रिमियर लिग (एनपिएल – NPL) विराटनगर किङ्सले दिएको १४० रनको लक्ष्य पच्छ्याएको पोखरा एभेन्जर्सले उत्कृष्ट सुरुवात गरेको छ । पावर प्लेमा १ विकेट गुमाउँदै ५९ रन जोडेको पोखराले विराटनगर विरुद्ध आक्रमक सुरुवात गरेको हो ।

    कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको थियो ।

    विराटनगरका लागि यसै खेलबाट एनपीएलमा डेब्यु गरेका नेदरल्याण्ड्सका कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ४५ रन बनाए । उनले ३५ बल खेल्दै ५ चौका प्रहार गरे । ओपनर लोकेश बमले २६ र निकोलस किर्टोनले १९ रन जोडे ।

    बसिर अहमदले २० बल खेल्दै १ छक्का मदतमा अविजित २१ रन बनाए ।

    पोखराका लागि बलिङम सागर ढकालले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । रेमोन रेइफरले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिएका थिए ।

    जवाफी ब्याटिङमा आएको पोखराले ४.४ ओभरमा ४७ रन जोड्दा पहिलो विकेट गुमाएको थियो । पोखराका दिनेश खरेल ११ बलमा ११ रन बनाएर आउट भएका हुन् ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images