images
images
  • जनकपुरविरुद्ध सुदूरपश्चिम र लुम्बिनी विरुद्ध काठमाण्डु : प्लेअफ र बाहिरिने टिमको टुंगो लाग्ने खेल

    काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज (बुधबार) दुई खेल हुँदै छन्।

    आज पहिलो खेल जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच हुँदै छ। यो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ।

    जारी लिगमा जनकपुरले अहिलेसम्म लगातार चार खेलमा विजयी हुँदै शीर्ष स्थानमा छ भने सुदूरपश्चिम रोयल्सले चारमा तीन जितसहित ६ अंकका साथ दोस्रो स्थानमा रहेको छ।

    आज जनकपुर विजयी भएमा प्लेअफमा पुग्ने पहिलो टोली बन्नेछ । सुदूरपश्चिमले जितेमा जनकपुर समान ५ अेलबाट ८ अंकसहित तालिकाको शीर्षस्थानमा उक्लिनेछ । प्लेअफ पक्का गर्नका लागि दुवै टोलीले थप एक खेलको नतिजा कुर्नुपर्नेछ ।

    त्यस्तै आज दोस्रो खेल काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्सबीच हुँदै छ । यो खेल अपराहन्न १ बजेदेखि सुरु हुनेछ ।

    काठमाण्डु तीन खेलमा दुई अंकसहित छैटौं स्थानमा छ भने लुम्बिनीको पाँच खेलमा दुई अंकसहित पाँचौं स्थानमा छ ।

    प्लेअफ सम्भावना जीवित राख्न दुवै टोलीललाई जित अनिवार्य भएपनि लुम्बिनी भने एक खेलमा पराजित हुने वित्तिकै एक खेल अगावै प्रतियोगिताबाट बाहिरिन सक्ने छ ।

    काठमाण्डूको भने यो चौथो खेल मात्रै हुनेछ । आज पराजित भएमा पनि थप ३ खेल खेल्न बाँकी रहेकाले बाँकी खेलमा जित हात पारेर पनि प्लेअफको बाटो समाउन सक्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images