images
images
  • हुन्डाई नेपालले ल्यायो आकर्षक छुट तथा विशेष लाभकाे ‘डिसेम्बर डिलाइट’अभियान

    काठमाडौं – नेपालमा हुन्डाई गाडीका आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘डिसेम्बर डिलाइट’ अभियान सुरु गरेको छ ।

    ९ डिसेम्बरदेखि १५ डिसेम्बरसम्म चल्ने यो अभियानमा ग्राहकहरूले विभिन्न आकर्षक छुट तथा विशेष लाभहरूको फाइदा लिन सक्नेछन् ।

    डिसेम्बर डिलाइट अन्तर्गत ग्राहकले ६ लाख रुपैयाँसम्मको छुट, ५ लाख रुपैयाँसम्मको एक्स्चेज बोनस र एक वर्षको बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

    त्यस्तै यस अभियानमा जेरो कस्ट वनरसिप प्लान रहेको छ । जसमा ग्राहकले आफूलाई मन पर्ने गाडी सजिलै खरिद गर्न सक्नेछन् । साथै, ३ वर्षको नि:शुल्क चेक-अप, गाडी मर्मत सामाग्री तथा विभिन्न वास कुपन र ३ वर्षको सर्भिसिङ प्याकेजको पनि लाभ लिन सकिनेछ ।

    हुन्डाई नेपालले ग्राहकको अनुभवलाई सधैं झैं विश्वसनीय र रमाइलो बनाउनका लागि यो अभियानको आयोजना गरेको हो ।

    देशभरिका सो-रुमहरूमा उपस्थित भई यस अभियानको फाइदा उठाउन सबै ग्राहकलाई कम्पनीले अनुरोध समेत गरेको छ ।

    योमरी पुन्ही र उधौली पर्वको अवसरमा शनिबार नक्साल, भक्तपुर र थापाथाली सोरुममा पर्व विशेष कार्यक्रमको पनि आयोजना हुने कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images