काठमाडौं – सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्वडिआईजी छविलाल जोशीलाई बयानका लागि पर्सा पुर्याउने तयारी अघि बढेको छ ।
सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट पर्सा लगिसकिएको छ । रविको भने समय निश्चित भइसकेको छैन ।
पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पनि पक्राउ पूर्जी जारी भएकाले उनीहरुलाई पर्सा लगिएको हो । उक्त सहकारी हिनामिनामा रवि विरुद्ध पनि पक्राउ पुर्जी जारि भइसकेको छ ।
आज जिल्ला सरकारी वकिलको कार्यालयमा उनीहरुको बयान लिइने छ । त्यसपछि पुनः पोखरा फर्काइने छ ।
रास्वपा सभापति रवि लामिछानेलाई पनि पोखराबाट पर्सा लैजाने तयारी भइसके पनि समय भने निश्चित भइसकेको छैन । छविको बयान सकिएपछि रविलाई पर्सा पुर्याउने तयारी प्रहरीले गरेको छ ।


विश्व खबर 



















