images
images
  • विश्वकप जितेका ब्राडले म्याक्सवेलसँग गरे दीपेन्द्रको तुलना, ‘जुनसुकै लिग खेल्न योग्य’

    काठमाडौं – अष्ट्रेलियाका लागि २००७ को विश्वकप जितेका क्रिकेटर ब्राड हजले दीपेन्द्रसिंह ऐरीलाई ग्लेन म्याक्सवेलसँग तुलना गरेका छन् ।

    टी-२० वरियतामा दोस्रो नम्बरमा रहेका ऐरीले खेलेको देख्दा म्याक्सवेलको झल्को आउने उनलेे बताएका छन् ।

    दीपेन्द्रको बलिङ, ब्याटिङ र फिल्डिङ सबै उत्कृष्ट रहेको भन्दै ब्राडले ऐरी विश्वका जुनसुकै ठूला लिग खेल्न योग्य खेलाडी भएको बताएका छन् ।

    यश अघि लुम्बिनी लायन्सका भारतीय प्रशिक्षक नन्दनले दीपेन्द्रले आइपीएल खेलीसकेको हुनुपर्ने बताएका थिए । आइपीएल खेल्न सक्ने नेपालमा धेरै खेलाडी भए पनि दीपेन्द्र पहिलो नम्बरमा पर्ने उनले बताएका थिए ।

    जारी एनपीएलमा सुदूरपश्चिम रोयल्सका कप्तान रहेका ऐरीले ४ मध्ये ३ खेलमा उत्कृष्ट ब्याटिङ गर्दै टिमलाई जिततर्फ डोर्‍याएका थिए । चितवन राइनोजसँगको खेलमा भने उनी १ रनमै आउट भए पछि सुदूरपश्चिम पराजित भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images