images
images
  • NPL : लुम्बिनीलाई १ रनले हराउँदै जनकपुरको सनसनीपूर्ण जीत, लुम्बिनीको प्लेअफयात्रामा धक्का

    काठमाडौं – जनकपुर रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्समाथि १ रनको रोमाञ्चक जित हात पारेको छ ।

    हर्श थाकरले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि जनकपुरले अन्तिम बलमा खेल जितेको हो ।

    अन्तिम बलमा २ रन चाहिएको बेला सन्दिप जोरालाई क्याच आउट गरेपछि जनकपुरले रोमाञ्चक जित हात पारेको हो ।

    जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो ।

    लिगमा जनकपुरको यो लगातार चौथो जित हो । ४ खेलबाट ८ अंक जोडेर जनकपुर अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

    लुम्बिनीको भने यो लगातार हार हो । आजको खेलले जनकपुरलाई प्लेअफमा पुग्न सहज बनाइदिएको छ भने लुम्बिनीलाई प्लेअफमा पुग्न असम्भव प्राय बनाइदिएको छ ।

    लुम्बिनीलाई प्लेअफमा पुग्न बाँकी खेल जितेर मात्र पुग्दैन, उसका प्रतिद्वन्दी अन्य टिमहरुले अन्य खेल गुमाउनुपर्ने हुन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images