images
images
  • सामाजिक सञ्जालमा विरोधपछि पाथीभरा मन्दिरका १६ हजार केजी घण्टी बेच्ने प्रक्रिया रोकियो

    ताप्लेजुङ – पाथीभरा क्षेत्र विकास समितिले पाथीभरा मन्दिरमा सङ्कलन भएका पुराना घण्टी बिक्री गर्ने प्रक्रिया स्थगित गरेको छ ।

    घण्टी बिक्रीको विषयलाई लिएर विभिन्न टीकाटिप्पणी आएपछि समितिले सो घण्टी बिक्री प्रक्रिया स्थगन गरेको हो ।

    समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले शुक्रबार जारी विज्ञप्तिमा भक्तजन, बुद्धिजीवी, सरोकारवाला र समुदायबाट प्राप्त सुझावका आधारमा घण्टीको लिलामी विक्री रोक्ने निर्णय गरिएको जानकारी दिए ।

    समितिले लिलामी प्रक्रिया स्थगित भए पनि यसबारे थप निर्णय आगामी बैठकमा गरिने विज्ञाप्तिमा जनाएको छ । यही मङ्सिर १४ गते गोखरखापत्र दैनिकमा पुराना घण्टी लिलामी बिक्रीका लागि सार्वजनिक सूचना प्रकाशित गरिएको थियो ।

    विभन्न भक्तजनहरुले पाथीभरामा चढाएका १६ हजार तीन सय ७८ किलो पुराना घण्टी बिक्रीका लागि प्रतिकिलो न्यूनतम ३८० रुपैयाँ तोकेर बिक्री प्रक्रिया अगाडि बढाइएको थियो ।

    सामाजिक सञ्जालहरुमा घण्टी बिक्रीका विषयलाई विभिन्न आलोचनाहरु आएपछि समितिले पुराना घण्टी लिलामी बिक्री प्रक्रिया स्थगन गरको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images