काठमाडौं – सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (NPL – एनपीएल)मा लगातार तेस्रो जित हात पारेको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार बिहान भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ४५ रनले पराजित गरेको हो।
सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले नौ विकेटको क्षतिमा १४२ रन मात्रै बनाउन सक्यो।
सुदूरपश्चिमले यसअघि विराटनगर किंग्स र काठमान्डु गुर्खाजलाई पराजित गरेको थियो ।लुम्बिनीको भने यो लगातार तेस्रो हार हो ।
लुम्बिनी यसअघि विराटनगर किंग्स र पोखरा एभेन्जर्ससँग पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















