images
images
  • NPL : सुदूरपश्चिमले लुम्बिनीलाई दियो १८८ रनको लक्ष्य

    काठमाण्डाैँ – ओपनर सैफ र दिपेन्द्रको उत्कृष्ट ब्याटिङमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (NPL – एनपीएल) अन्तर्गत जारी पहिलो खेलमा लुम्बिनी लायन्ससामु जितका लागि १ सय ८८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टर जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८७ रनको योगफल तयार पारेको हो।

    सुदुरका लागि ओपन सैफ जैबले सर्वाधिक ९० रनको योगदान दिए। शतक नजिक पुगेका जैव रामोन सिमोन्डको बलमा उन्मुक्त चन्दको हातबाट क्याच आउट हुन पुगे। उनले ६० बलमा ६ चौका र ५ छक्का प्रहार गरे।

    कप्तान दिपेन्द्रसिंह ऐरिले ३९ र स्कट कुग्लेजिन ११ रनमा अविजित रहे।

    त्यसअघि ब्राण्डोन म्याक मुलेन २३ रन बनाउँदा क्याच आउट भए। २० बलमा १ चौका र १ छक्का हानेका मुलेन विवेक यादवको बलमा क्याच आउट हुन पुगे।

    ६.३ ओभरमा १३ बलमा २ चौका बनाएका ओपनर विनोद भण्डारी १७ रन बनाउँदा रोहित पौडेलको बलमा सन्दीप जोराको हातबाट क्याच आउट हुन पुगे।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images