images
images
  • NPLमा दोस्रो चरणको समाप्ती : जनकपुर र सुदूरपश्चिम अपराजित, लुम्बिनी अंकबिहीन (अंकतालिकासहित)

    काठमाडौं – नेपाल प्रिमियर लिग (NPL) मा शुक्रवार पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सको खेल सम्पन्न भएसँगै सबै टोलीले कम्तिमा दुई खेल पुरा गरेका छन् ।

    सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स बाहेक अन्य सबै टोलीले भने ३/३ वटा खेल खेलिसकेका छन् ।

    अन्य टोलीको दोस्रो चरणको खेलको समाप्तीहुँदा तेस्रो खेल पनि खेलीसकेको जनकपुर बोल्ट्स भने ३ खेलमा सतप्रतिशत जित निकाल्दै ६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । उसको नेटरन रेट १.९३ छ ।

    २ खेलमा दुवै खेल जितेको सुदूरपश्चिम ४ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा छ । नेटरन रेटमा भने सुदूरपश्चिम सबैभन्दा अघि छ । उसको नेटरनरेट +४.०७ छ ।

    ३ खेलमा २ जित र १ हारको नतिजा निकालेको चितवन अंक तालिकाको तेस्रो स्थानमा छ । उसको नेटरनरेट १.७५ छ । अन्य सबै टोलीको नेटरनरेट माइनसमा छ ।

    ३/३ खेल खेलेर १/१ खेल मात्रै जितेका कर्णाली याक्स, पोखरा एभेन्जर्स, काठमाण्डू गुर्खाज र विराटनगर किङ्स क्रमश अंक तालिकाको चौथो देखि सातौ स्थानसम्म छन् । सबै टोलीको रनरेट -०.७ देखि -२.१९ सम्म रहेको छ ।

    सुरुवाती दुवै खेल गुमाएको लुम्बिनी लायन्स भने अंकबिहीन हुँदै तालिकाको पुछारमा छ ।

    सुरुवाती दुवै खेलमा विजयी हुने टिमहरुमा जनकपुर, सुदूरपश्चिम र चितवन छन् । सुरुका दुवै खेल गुमाउनेमा कर्णाली, पोखरा, विराटनगर र लुम्बिनी छन् ।

    सुरुवाती दुई खेल गुमाएर कमब्याक गर्नेमा कर्णाली, पोखरा र विराटनगर छन् । काठमाण्डूले भने पहिलो खेल गुमाएर दोस्रोमा जित निकालेको थियो भने तेस्रो खेल पुन: गुमाएको थियो ।

    हेर्नुहोस अंक तालिका

    npl point table espn

    प्रतिक्रिया दिनुहोस्
    images
    images