काठमाडौं – नेपाल प्रिमियर लिग NPL मा पोखरा एभेन्जर्सले पहिलो जित दर्ता गरेको छ ।
त्रिवि मैदान कीर्तिपुरमा शुक्रवार भएको दोस्रो खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरेको हो ।
टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७० रन जोडेको थियो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९५ रन जोडेका थिए ।
तर, जवाफी ब्याटिङमा आएको पोखराका लागि अमेरिकी खेलाडी आन्द्रेसले अविजित रहँदै ५५ बलमा १०५ रन र दिनेश खरेलले ४६ बलमा ६१ रन जोडेपछि लुम्बिनी १० विकेटले पराजित भएको छ ।

पहिलो खेलमा १९० रन रक्षा गर्न नसकेको लुम्बिनीले बज १७० रन पनि रक्षा गर्न सकेन । यसले लुम्बिनीको बलिङमा कमजोरी रहेको देखाउँछ ।
तर, पहिलो र दोस्रो खेलमा ब्याटिङमा संघर्ष गरेको पोखराले भने आज सानदार ब्याटिङ प्रदर्शन गरेको छ । चितवन राइनोजसँग ७ रन जोड्दा ६ विकेट गुमाउने यहि पोखरेली टिमले आज विना कुनै विकेट गुमाएर १७० रनको लक्ष्य १६.५ ओभरमै पुरा गरेको छ ।


विश्व खबर 


















