images
images
  • चीनको औपचारिक भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्रीले बीआरआई र भारतवारे के भने ?

    काठमाडौं – उत्तरी छिमेकी मित्र राष्ट्र चीनको ४ दिने औपचारिक भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् ।

    गत मंसिर १७ गते चीन भ्रमणमा गएको प्रधानमन्त्री ओली नेतृत्वको टोली आज भ्रमण सकाएर काठमाडौं आइपुगेको हो ।

    उनलाई विमानस्थलमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक लगायतले स्वागत गरेका छन् । प्रधानमन्त्री ओलीलाई नेपाली सेनाले विमानस्थलमा ‘गार्ड अफ अनर’ प्रदान गरेको छ ।

    चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छ्याङ लगायतसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।

    ऋण सम्झौता वारे के भने प्रधानमन्त्रीले ?

    विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नेपालले चीनसँग ऋण सम्झौता नगरेको बताएका छन् ।

    प्रधानमन्त्री ओलीले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को समझदारीका बेलामा ऋणबारे कुनै कुरा नचलेको बताएका हुन् ।

    ‘अहिले हामीले जे प्राप्त गरेका छौं । त्यो ऋण होइन भन्ने कुरा धेरैपटक भनिएको छ । अब धेरै दोहोर्‍याउन नपरोस् भन्ने मेरो आग्रह छ,’ प्रधानमन्त्री ओलीले प्रतिप्रश्न गर्दै भने, ‘ऋण सम्बन्धी कुरा पनि चलेको छैन । फेरि ऋणको कुरा कहाँबाट आउँछ ?’

    उनले बीआरआई अन्तर्गतका परियोजनाबारे छुट्टै छलफल र सहमति गर्ने पनि बताए ।

    भारतवारे के भने प्रधानमन्त्रीले ?

    बीआरआई सम्झौतापछि उत्तरतिर ढल्केको आरोप दक्षिणतिरबाट लागेको छ नी भन्ने प्रश्नमा जवाफ दिदै ओलीले, ‘आफूले त्यति थाहा नपाएको र, दक्षिणको मिडियाले अलि मित्रहरूलाई भड्काउने, आक्षेप गर्ने खालको कुरा गरेको छ भने पनि लिडरहरूले त्यस्तो गरेको आफूलाई थाहा नभएको बताए ।

    कुनै मिडियाबाट त्यस्तो कुरा भएको छ भने त्यो राम्रो तरिका नभएको पनि ओलीले बताए ।

    उनले भारत भ्रमण किहले गर्ने भन्ने प्रश्नको जवाफमा चीनबाट आएकै दिन यसवारे भन्न नसक्ने तर छिट्टै भ्रमण एरेन्ज गर्ने पनि बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images